६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता

काठमाण्डाै – चालू आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । गएको आर्थिक वर्षको ६ महिनामा ३ सय ५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा ७ वटा ठूला, ८ वटा मध्यम र ४ सय ६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । विभागक...