कांग्रेस संस्थापन पक्षको चेतावनी– ‘आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्छाैँ’

काठमाण्डाै – नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयाेगले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज काठमाण्डाैमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले षड्यन्त्र र दबावमा परेर आयोगले पार्टी विधान र संविधान विपरीत निर्णय गरेमा वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिनुभयो । उहाँले पार्टीको केन्द्रीय कार्यसमितिबाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरू नै आधिकारिक भएको दाबी गर्नुभयो । ...