निर्वाचन आयोगमा गगन पक्षले भन्यो– २९ जनाले मात्र हस्ताक्षर फिर्ता गरेका हुन्

नेपाली कांग्रेसका सभापति गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका मध्ये २९ जनाले मात्र हस्ताक्षर फिर्ता गरेको स्पष्ट गरेको छ । शुक्रबार निर्वाचन आयोगमा उपसभापति विश्वप्रकाश शर्माले हस्ताक्षर फिर्ताको कुरा गलत भएको बताएका हुन् । ‘हस्ताक्षर फिर्ताको पनि प्रक्रिया हुन्छ, माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि फागुन १५ मा गएर फिर्ता लिन मिल्छ र ?,’ शर्माले भने, ‘समयमा फिर्ता गर्नेको संख्या २९ हो ।’ यसअघि पूर्णबहादुर खड्काले शुक्रबार आयोगमा पुगेर ८ सय ७५ जनाले हस्ताक्षर फिर्ता गरेको दाब...