दुई दिनभित्र १६५ क्षेत्रका उम्मेदवार टुंग्याउँछौं, आयोगले छिटो निर्णय देओस्– विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २ दिनभित्रै आफूहरूले १६५ क्षेत्रका लागि उम्मेदवार टुंग्याउने भन्दै छिटो निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । विशेष महाधिवेशनको निर्णयानुसार कांग्रेसलाई आयोगमा अद्यावधिक गर्न उनले माग गरे । शुक्रबार निर्वाचन आयोगमा भएको छलफलमा शर्माले निर्धारित मितिमा चुनाव गर्न आफूहरूको साथ रहने भन्दै कांग्रेसको विषय छिटो निरूपण गर्न आग्रह गरेका हुन् । ‘सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले संसदीय बोर्ड गठन गरेर चुनावको तयारी थालेका छौं । २ दिनभित्र १६५ क्षेत्रकै उम्मे...