रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयमा बार एसोसिएसनको आपत्ति

नेपाल बार एसोसिएसनले रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी नपुग्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको संशोधनको विरोध गरेको छ । बारका महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले शुक्रबार विज्ञप्ति जारी गर्दै मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानूनी व्यवस्था र यस अघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्त विपरीत रहेको बताएका छन् । ‘यस प्रकारको छनोटपूर्ण निर्णयले अदालतको क्षेत्राधिकार समेतमा आघात पुगी स्वतन्त्र न्यायपालिकाको अवधारणा...