बैंक लुट्न कोटेश्वरमा ‘प्लान’, घरधनीबाटै हतियार व्यवस्थापन र सूचना संकलन

सिन्धुलीको घ्याङलेख गाउँपालिका– २ हायुटारमा सञ्चालित एसबीआई बैंकको शाखा कार्यालयमा डकैती गर्ने योजना गत असोजदेखिकै रहेको तथ्य खुलेको छ । बैंक लुट्न पुस २३ मा दुईवटा मोटरसाइकलमा चारजना आए पनि परिस्थिति अनुकूल नभएपछि उनीहरू फर्किएको प्रहरी अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गत पुस २९ गते राति भएको यो घटनामा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका– १० का भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका– २ का चतुरमान बज्यु, छविला स्याङ्तान, चितव...