प्रहरी महानिरीक्षक कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो । नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, संघर्ष, सेवाभावलाई सजीव रूपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरूले दिनानुदिन भोग्दै आएको संघर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निःस्वार्थ सेवाको यथार्थ चित्रण सहितको भाव प्रस्तुत गरिएको छ । गीतकार महानिरीक्षक कार्की उपत्यक...