साफ फुटसल च्याम्पियनसिप : नेपालले श्रीलंकालाई हरायो

२ माघ, काठमाडौं । थाइल्यान्डको बैंककमा भईरहेको साफ फुटसल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले विजयी सुरुवात गरेको छ । सरोज तामाङको दुई गोलमा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई २–१ ले हराएको हो । खेलको १०औं मिनेटमा मोहमेद साजनले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाएका थिए । तर नेपालल पाँच मिनेटपछि नै बराबरी गोल फर्कायो । […]