काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । पाण्डेले आज पत्रकार सम्मेलन गरि पर्सि माघ ४ गतेदेखि लागू हुने गरि पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमणमा परेकाे जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गर्नुभयो । पाण्डेले माघ ४ गतेपछि आफ्नो अबको यात्राबारेमा जानकारी गराउने बताउनुभएको छ ।