कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ : ओली

काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु देशको लाेकतन्त्रका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । आज काठमाण्डाैमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्‍याउने कुराले सिङ्गाे समाजलाई नै अराजकतातर्फ डोहोर्‍याउने प्रपञ्च रचिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन किन भनेको ? नेपाली कांग्रेसले महाधिवेशन न...