चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत

क्यानडा र चीनले विद्युतीय गाडी (ईभी) र क्यानोला तेलमा लाग्ने कर घटाउने प्रारम्भिक व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै देशले नयाँ रणनीतिक सम्बन्ध स्थापित गर्दै व्यापार अवरोधहरू हटाउने वाचा गरेको क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०१७ पछि चीनको भ्रमण गर्ने पहिलो क्यानेडाली प्रधानमन्त्री कार्नी महिनौँको कूटनीतिक प्रयासपछि अमेरिका अनि आफ्नो दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग सम्बन्ध पुनर्निर्माण गर्न खोजिरहनुभएको छ । राष्ट्रपति सी जिनपिङलगायत चिनियाँ नेताहरूसँगको वार्...