चितवन – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको फुटका कारण आउँदो चुनावलाई कुनै असर नपर्ने दाबी गर्नुभएको छ । चितवनको भरतपुरमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले कांग्रेसको विभाजनपछि चुनाव के होला ? भन्ने प्रश्न उठिरहेको र यसले चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताउनुभयो । सबै पार्टी चुनावमा नै केन्द्रित भएकाले तोकिएको मितिमै चुनाव सम्पन्न हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो । संयाेजक प्रचण्डले अहिलेको अवस्थामा चुनावबाहेक ...