पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : विशेष अदालतको आदेशविरुद्ध सर्वाेच्च पुग्यो अख्तियार

काठमाण्डाै – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा निवेदन दिएको छ । अख्तियारले विशेष अदालतको आदेश बदर गरि प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै आज सर्वाेच्चमा निवेदन दिएको हो । गएको मङ्सिर र पुस विशेष अदालतले गरेको थुनछेक आदेश त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख, मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा छ...