‘फिल्म सेन्सर’ कार्यविधिमा संसोधन : ‘वर्गीकरण’ शब्द थपियो, ट्रेलरको स्वःपरीक्षण गर्नुपर्ने

काठमाडौं । फिल्मकर्मीको दबाबपछि केन्द्रीय चलचित्र जाँच समितिले केही नियममा संसोधन गर्दै ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । संसोधनसहित ल्याइएको कार्यविधिमा मुख्यतः ३ नयाँ कुरा छन् । पहिलो- कार्यविधिको नाम ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ राखिएको छ । दोस्रो- महोत्सवका चलचित्रलाई जाँच गर्ने भन्ने अघिल्लो नियमलाई हटाइएको छ । […]