राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयले सबै प्रतिवादीको हकमा पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोग फिर्ता लिएको छ । महान्यायाधिवक्ता सविता भण्डारी बरालले शुक्रबार अन्य सबै प्रतिवादीहरूको हकमा पनि अभियोग दाबी बढी लिइएको पाइएकाले संशोधन गरिएको लोकान्तरलाई जानकारी दिइन् । उनका अनुसार यसअघि महान्यायाधिवक्ता कार्यालयको वेब साइटमा राखिएको निर्णयमा टाइप मिस्टेक भएकोले आज पुनः अर्को न...