सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बीच १२ बुँदे सम्झौता भएको छ। सम्झौतापछि महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। सिंहदरबारमा शुक्रबार भएको सम्झौतापत्रमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र महाभियानका अध्यक्ष दुर्गा प्रसाईंले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार संविधान संशोधन सुझाव आयोग गठन गरी संवैधानिक सुधारका सुझाव दिने, आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दा फिर्ता लिने र वित्ती...