पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचन आयोगको निर्णयसँगै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र उनको टिमलाई बधाइ तथा सफलताको शुभकामना दिएका छन्। भट्टराईले फेसबुकमा पोस्ट गर्दै कांग्रेसको विधिसम्मत नेतृत्वको पुस्तान्तरणले देशको उदारवादी लोकतान्त्रिक धारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्। उनले बहुदलीय लोकतन्त्र भनेको दलहरूबीच प्रतिस्पर्धा र सहकार्यको उचित समन्वय भएको र यसबाट सबै दलहरूले नेतृत्व मात्र नभई विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली र आचरणको पुनर्संरचना र रूपान्तरण समयक...