देउवा पक्षको कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजेका लागि सानेपामा बैठक आह्वान गरिएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका कार्यसमिति सभापतिहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।  मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको वर्तमान अवस्था र निर्वाचन आयोगको पछिल्लो निर्णयका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । शुक्रबार मात्रै निर्...