काठमाण्डौ – मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी शुरूआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा हिजो भएको खेलमा मच्छिन्द्रले न्यूरोड टिम (एनआरटी) लाई १–० ले पराजित गरेको हो । एलिक श्रेष्ठको निर्णायक गोलमा मच्छिन्द्रले पहिलो खेलमै जीत निकालेको हो । एलिकले खेलको ६२औँ मिनेटमा गोल गरे । यसैबीच राष्ट्रिय लिग फुटबलअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । पहिलो खेल चित्लाङ फुटबल क्लब र नव जनजागृति क्लबबीच दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ । यस्तै, दोस्रो खेल दिउँसो २ बजे त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्या...