काठमाण्डौ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता/कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएसँगै सभापति थापाले विज्ञप्ति निकालेर नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्नुभएको छ । विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सहमत भएका वा नभएका सबैलाई उहाँले संयमता अपनाउन, जिम्मेवार बन्न र एकताबद्ध बन्न आह्वान गर्नुभएको हो । उच्च आत्मविश्वास र तयारीका साथ अबको चुनावमा लाग्नुपर्नेमा उहाँको जोड छ । ...