माघको पहिलो साता नेपालमा आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको विश्वस्तरीय छनोट प्रतियोगिता आयोजना हुँदैछ । विश्वस्तरीय छनोट प्रतियोगिता सन् २०२६ को जनवरी १८ देखि फेब्रुअरी ३ तारिख (माघ ४ देखि २० गते)सम्म आयोजना हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छ । सम्भवत: नेपालमा आयोजना हुन लागेको यो हालसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगितामा विश्वका विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ...