काठमाण्डौ – कांग्रेसका शेरबहादुर देउवा पक्षको आह्वानमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा अहिले बिहान पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । निर्वाचन आयोगले हिजो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ । पार्टीको आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा प...