प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन नेता खड्काको माग

उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीमा परेका डा. नारायण खड्काले आफ्नो नाम सूचीबाट हटाउन माग गरेका छन्। खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई पत्र लेख्दै उम्मेदवारहरूको सिफारिस सूचीबाट आफ्नो नाम सूचीबाट हटाउन माग गरेका हुन् ।  'नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य २०८२ को लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाइ दिनु हुनको लागि नेपाली कांग्रेसको...