काठमाण्डौका विभिन्न ठाउँमा आज तीन घण्टा बिजुली नआउने

काठमाण्डौ – काठमाण्डौका विभिन्न ठाउँमा आज तीन घण्टा बिजुली नआउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न ठाउँमा बिजुली काटिने जानकारी गराएको हो । काठमाण्डौ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि बिजुली आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ । पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पा...