नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठक शनिबार बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । शुक्रबार निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले आधिकारिकता पाए पनि पार्टी कार्यालय बाहिर बैठक राखिएको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन, आगामी रणनीति तथा अन्य विविध विषयमा छलफल हुने बताइएको छ । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएसँगै पहिलोपटक बस्...