पार्टी कार्यालय बाहिर कांग्रेसको केन्द्रीय समिति बैठक आह्वान

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने तय भएको छ । बैठक बिहान ११:३० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । शुक्रबार निर्वाचन आयोगबाट गगन थापाले सभापतिको रुपमा आधिकारिकता पाएपनि पार्टी कार्यालय बाहिर बैठक राखिएको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन, आगामी रणनीति तथा अन्य विविध विषयमा छलफल हुने बताइएको छ । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएसँगै पहिलो...