काठमाण्डौ – नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र सरकारबीच सहमति भएको छ । प्रसाईं समूहले राखेका विभिन्न २७ बुँदे मागमा छलफलपछि १२ बुँदामा सहमति भएको हो । प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राख्दै नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रसाईंले सिंहदरबारमा हिजो एक समारोहकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि लघुवित्त र सहकारीका ऋणीलाई राहत दिने गरी विशेष सहमति भएको छ । साथै, बैंक तथा वित्तीय सं...