आर्यजातिको थातथलो : कहाँदेखि कहाँसम्म ?

विश्वविख्यात अङ्ग्रेजी साहित्यकार, पत्रकार तथा इतिहासकार र समाजवादी चिन्तक एच. जी. वेल्सका अनुसार हालको मानव इतिहासको विकास युरोप तथा एशिया र अफ्रिकाबाट शुरू भएको हो । उनले आफ्ना कृति विश्वको इतिहास, नेपाली अनुवाद नारायण गिरि, दोस्रो संस्करण २०६८, पृष्ठ ४५ देखि ९७ सम्मका विभिन्न खण्डमा उल्लेख गरेअनुसार करीव ४० हजार वर्षपूर्व हालका मानवजाति गोरो वर्ण र कालो वर्ण गरी दुई किसिमका थिए । यिनमा गोरो वर्णका जाति उत्तर वा पूर्वबाट र कालो वर्णका जाति भूमध्यरेखीय दक्षिणप्रदेशबाट आएर बसेका थिए । उनीहरूमध्ये करीव ई. पू. दश हजार वर्...