काठमाण्डौ – प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलिदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशन सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको जनाएको छ । नयाँ बानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवाको आन्दोलनका क्रममा जलेको हुँदा सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको र आवधिक कार्यतालिकको क्यालेण्डर आज सार्वजनिक हुने बताउनुभयो । प्रवक्ता गिरीका...