एलन मस्कको एआई कम्पनीमाथि मुद्दा दायर, क्षतिपूर्तिसहित जूरी ट्रायलको माग

अमेरिकी खर्बपति एलन मस्कको एआई कम्पनीले अश्लील तस्वीर बनाएको भन्दै एक महिलाले मुद्दा दायर गरेकी छिन् । एक्सएआईको च्याटबाट ग्रोकले महिलाको सहमति बिना डीपफेक तस्वीर बनाएको आरोप लागेको बीबीसीले जनाएको छ । मुद्दामा क्षतिपूर्ति र जूरी ट्रायलको माग गरिएको छ, तर एक्सएआईले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । एक्सएआई कम्पनीको एआई च्याटबाट ग्रोकले आफ्नो अश्लील डीपफेक तस्वीर बनाएको भन्दै एश्ले सेन्ट क्लेयरले न्यूयोर्कमा मुद्दा दायर गर्नुभएको हो । ग्रोकले वास्तविक व्यक्तिलाई डिजिटल रूपमा अपमानित गर्ने र यौन शोषण गर्ने कार्य गर्ने गरेको ...