अलपत्र रहेको बेलबास बेथरी सडक खण्डअन्तगर्त मोतीपुर क्षेत्रको निर्माणको काम अघि बढ्ने भएको छ । बजेट अभावले झण्डै चार वर्षदेखि अलपत्र परेको बेलबास–मोतीपुर–बेथरी चार लेन सडक खण्डलाई संघबाट प्रदेशमा १८ करोड बजेट आउने भएपछि अधुरो रहेको निर्माणको काम पुन: अघि बढ्न लागेको हो । २१ किलोमिटरको यो सडक बेतहानीदेखि नहरपुरसम्मको ३ किलोमिटर अलपत्र हुँदा स्थानीयले लामो समयदेखि धुलो र हिलोको सास्ती खेप्दै आएका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले निर्माणको काम अब अघि बढ्ने बताए...