देउवा समूहको बैठकमा सहभागी शेखर भन्छन्- कांग्रेस फेरि मिल्छ, मिलाउनुपर्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद संवादबाट समाधान हुने बताएका छन् । शनिबार बिहान सानेपामा तत्कालीन सभापति शेरबहादुर देउवा समूहको बैठकमा सहभागी हुन गएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संवादमार्फत् समाधान निकाल्दै कांग्रेस पुनः एक हुने बताएका हुन् । 'नुटुक्रियोस् भन्ने हो । फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गर्नुपर्छ। संवादबाट  नेपाली कांग्रेसको विवाद सल्टिन्छ,' उनले भने, 'विश्वमा लडाइँहरू हुन्छन्। फेरि मिलेकै हुन्छ। सबै मिलाइन्छ।' सानेपामा अिहले देउवा समूहको बैठक चलिरहे...