एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा शनिबार तीनवटा खेल खेलिने छ । पहिलो खेल चित्लाङ फुटबल क्लब र नव जनजागृति युवा क्लबबीच खेलिने छ । चित्लाङ र नव जनजागृति क्लबबीचको खेल १२ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुरू हुनेछ । काठमाडौँको चित्लाङ एफसी र सिमराको नव जनजागृति एन्फा प्रेसिडेन्ट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एन्फा राष्ट्रिय लिगमा छनोट भएका हुन् । एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलमा चित्लाङ फुटबल क्लबले नव जनजागृति युवा क्लबलाई पराजित गरेको थियो । यसैगरी, शनिबारको दोस्रो खेल घरेलु फुटबलका ...