हुमाकान्त काफ्ले विषादी, भेटेरिनरी र बीउ-बिजन व्यवसायी थिए। उनी तरकारी बालीमा प्रयोग हुने जीवनाशक रासायनिक विषादी, पशुपन्छीका लागि आवश्यक औषधि र तरकारीको बीउ-बिजन बिक्री वितरणमा रमाएका थिए। उनी व्यवसायी रहेका बेला चितवन, नवलपरासी र रूपन्देहीसहित जिल्लामा हरियो तरकारी उत्पादन राम्रो थियो। उनीकहाँ विषादी किन्न किसान, सामान्य नागरिकदेखि संघ/संस्थाका प्रतिनिधिहरू पनि आउने गर्थे। कृषिजन्य सामग्री बिक्री गर्ने सम्बन्धले उनले किसानलाई माया पनि गर्थे। विषादीको बिक्री र बढ्दो प्रयोग हुँदा त्यसबारे उपभोक्तालाई सही ज्ञान नहुँदा त्...