कांग्रेसमा परिवर्तन आएको छ, खुसी भएर अंगालो मार्नु पर्दछ : सुजाता कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै परिवर्तनलाई स्वीकार्न नेता कार्यकर्तालाई आग्रह गरेकी छिन्। सामाजिक सञ्जाल फेसबूकमार्फत् भिडियो सन्देश जारी गर्दै उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्। 'अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ । परिवर्तनलाई खुसी भएर अंगालो मार्नु पर्दछ,' उनले भनेकी छन्, 'नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन । नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु।' नेतृ ...