बाजुराको बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । उनी शुक्रबार साँझ आफ्नै घरको छतबाट खसेकी थिइन् । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।