क्रिकेट खेलाडी गुल्शन झा र एसजीबीच प्रायोजन सम्झौता

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट खेलाडी गुल्शन झा र क्रिकेट किट कम्पनी सान्सपरेइल्स ग्रिनल्याण्ड्स (एसजी)बीच प्रायोजन सम्झौता भएको छ । हिमालयन विलोको संयोजनमा हिजो एसजी र गुल्शनबीच सम्झौता भएको हो । सम्झौता एक वर्षको लागि भएको हिमालयन विलोका प्रदीप यादवले जानकारी दिनुभयो । यस किसिमको सहयोगले खेलाडीहरुलाई मैदानमा राम्रो प्रदर्शन गर्न प्रेराणा मिल्ने गुल्शनले बताए । साथै उनले आउँदो आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नका लागि नेपाली टोली तयार रहेको समेत बताए । क्रिकेट सामाग्री स्टोर गर्ने हिमालयन विलो...