बागमती प्रदेश सरकारको पुँजीगत खर्च न्यून : ६ महिनामा झन्डै ९ प्रतिशत मात्रै खर्च

काठमाण्डौ – बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमा आठ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि पुसमसान्त सम्ममा कूल बजेटको झन्डै १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ दशमलव १७ प्रतिशत कम खर्च भएको हो । आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा प्रदेश सरकारले कूल बजेटको १६ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको थियो । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत...