पाकिस्तानको निर्वाचन आयोगले वार्षिक सम्पत्ति तथा दायित्व विवरण समयमै पेश नगरेको भन्दै राष्ट्रिय र प्रादेशिकसभाका १ सय ५२ जना सांसदको सदस्यता निलम्बन गरेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार निर्वाचन ऐन, २०१७ को धारा १३७ अन्तर्गत सांसदहरूले आफ्नो, जीवनसाथी तथा आश्रित सन्तानको सम्पत्ति विवरण तोकिएको समयसीमा भित्र बुझाउनुपर्ने व्यवस्था छ । जनवरी १५ तारिखसम्म विवरण नबुझाउने सांसदलाई विवरण पेश नगरेसम्म तत्काल कार्य गर्न नपाउने गरी निलम्बन गरेको भारतीय पत्रिका ट्रिब्यून दैनिकले जनाएको छ । निलम्बित हुनेहरूमा राष्ट्रिय सभा, सिनेट ...