ईंग्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदै

काठमाण्डौ – ईंग्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा ६ बजे म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले खेल्दैछन् । त्यस्तै बेलुका पौने ९ बजे लिभरपुल र बर्नली, चेल्सी र ब्रेन्टफोर्ड, सन्डरल्याण्ड र क्रिस्टलप्यालेस, टोटनहम र वेस्ट ह्याम तथा लिड्स युनाइटेड र फुलहमबीच खेल हुनेछ । आज राति सवा ११ बजे नटिङघम फरेस्ट र आर्सनलले खेल्दैछन् । अंकतालिकामा आर्सनल २१ खेलमा ४९ अंकसहित शीर्ष, सिटी समान २१ खेलमा ४३ अंकसहित दोस्रो, एस्टनभिल्ला ४३ अंकसहित तेस्रो, लिभरपुल ३५ अंकस...