हर्क साम्पाङसँगै प्रतिनिधि सभा चुनावमा भिड्ने तयारीमा धरानकै वडाध्यक्ष

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईसहित एक वडाध्यक्षसमेत  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवा हुने भएका छन् । मेयर राईसहित धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) पनि प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका हुन् । भट्टराईलाई नेपाली कम्युनिस्ट पाटी (नेकपा)बाट उम्मेदवार बनाउने तयारी छ । उनी पूर्वनेकपा माओवादी केन्द्र निकट हुन्  ।  भट्टराई र श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका मेयर साम्पाङबीचको सम्बन्ध ‘टसल’ पूर्ण रहँदै आएको छ । मेयर साम्पाङ र वडा अध्...