नेपाली कांग्रेसका नवनियुक्त सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक र संरक्षक बनिदिन आग्रह गरेका छन् । उनले विशेष महाधिवेशनको डोब बाँकी नरहेको र अब कांग्रेस एकढिक्का भएको समेत दाबी गरे । केन्द्रीय समितिको बैठकअघि शनिवार पत्रकारहरूसँग कुरा गर्दै थापाले सबैलाई जोड्न आफूले प्रयास गर्ने बताएका हुन् । ‘कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत भएन कि भन्ने र कानूनी परीक्षण गर्ने कुरा स्वाभाविक थियो, हामी पनि आयोग गएको हो । आयोगले निर्णय गरिसकेपछि सबैले स्वीकार गरेर एकै ठाउँमा बसेर निर्णय...