कांग्रेसको देउवापक्ष समूह आयोगको निर्णयविरुद्ध भोलि सर्वोच्च अदालत जाने

काठमाण्डौ – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय समूह निर्वाचन आयोगको निर्णयको विरुद्धमा भोलि सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले नेपाली कांग्रेस आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहलाई दिएपछि देउवा पक्ष समूह सर्वोच्च अदालत जाने भएको हो । पार्टी केन्द्रीय कार्यलयमा आज बसेको देउवा पक्ष समूहको बैठकले आयोगले गरेको निर्णय विरुद्ध संवैधानिक एवम् कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले आयोगले आफूहरुको कुरा समेत नसुनीकन एक...