सर्वोच्च अदालत जाने कांग्रेस देउवा समूहको निर्णय

३ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए । ‘कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छौं’, नेता महतले भने, ‘ हामी भोलि (आइतबार)सर्वोच्च जान्छौं ।’ […]