एनसेलले नेपालका तीन शहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ । निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्नेछ। यो वर्षको क्रिएटर्स मेला यही माघ ३ गते चितवनबाट शुरू हुँदैछ। त्यसपछि यो कार्यक्रम माघ १० गते नेपालगञ्ज र माघ १६ र १७ गते काठमाडौंमा आयोजना हुनेछ। सन् २०२३ मा शुरू भएदेखिनै क्रिएटर्स मेलाको साझेदारका रूपम...