२०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा आवद्ध धनुषाका रामपल्टन साह अन्ततः पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएका छन् । विशेष महाधिवेशनको स्वागत सत्कार समिति संयोजकको भूमिका निर्वाह गरेका उनी विशेष महाधिवेशनबाटै केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनी कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निम्तो दिन गएका थिए । निमन्त्रणा लिएर जाँदा उनलाई देउवाका स्वकीयले लाज लाग्दैन भनेर दुर्व्यवहार गरेका थिए । धनुषाको मिथिला बिहारी नगरपालिकाको मिथिलेश्वर मौवाहीका ६० वर्षीय साहले...