आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुने टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्ने तयारीमा छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो र सन् २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो । टी–२० विश्वकपको १०औं संस्करण आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपाली टोलीले विश्वकपको अन्तिम तयारी श्रीलंका र भार...