निर्वाचन आयोगबाट मान्यता पाएपछि बसेको पहिलो बैठकमा नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई दुबो र गुलाबको माला लगाइदिइएको छ । शुक्रबार आयोगले औपचारिक मान्यता दिएपछि शनिबार काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यासलेसमा कांग्रेस केन्द्रीय समितिको बैठक बसेको हो । पहिलो बैठकमा सहभागी सबैलाई माला र खादा लगाइदिइएको थियो । सभापति थापालाई दुबो र गुलाबको फूलको माला लगाइदिइएको हो । पुस ३० को मध्यराति सभापति निर्वाचित हुँदा पनि उनलाई दुबोको माला लगाइदिइएको थियो । उपसभापति विश्वप्रकाश शर्मालाई भने सयपत्री...