बानेश्वरमा कांग्रेस केन्द्रीय कमिटी बैठक

निर्वाचन आयोगबाट मान्यता पाएपछि नेपाली कांग्रेसको पहिलो केन्द्रीय समितिको बैठक बसेको छ । शुक्रबार आयोगले औपचारिक मान्यता दिएपछि शनिबार दिउँसो काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको छ ।  समसामयिक विषयमा छलफल गर्न बसेको बैठकअघि सभापति गगन थापाले कांग्रेसलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएका छन् ।  उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई कांग्रेसको अभिभावकत्व ग्रहण गर्न समेत आग्रह गरेका थिए । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको आजको बैठ...