काठमाण्डौ – भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले विश्वकप अघि श्रीलङ्का र भारतमा अभ्यास पनि खेल्नेछ । नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ । आउँदो फेब्रुअरी ७ अर्थात् यही माघ २४ गते देखि मार्च ८ तारिख अर्थात् फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा टी–२० विश्वकप आयोजना हुँदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोह...